युवा संघ लुम्बिनीका अध्यक्ष सुरज खरेल निलम्बित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । संघको साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।
महासचिव महेश चौलागाईले जारी गरेको पत्रमा अध्यक्ष खरेलको गतिविधिबाट सङ्गठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको उल्लेख गरिएको छ ।
उनले सङ्गठनको सकारात्मक प्रयत्नका विपरीत नेतृत्वलाई अवमूल्यन गरेको, स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक भएकोले निलम्बनको निर्णय गरिएको पत्रमा उल्लेख छ ।
खरेल रुपन्देही जिल्लाको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा समेत हुन् ।