सोचेजस्तो नभए पनि एमाले-कांग्रेस सरकार टिक्छ : नेता सिटौला
मेयरसाप डेस्क
|
२०८२ साउन ११ गते १२:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि यसले निरन्तरता पाउने बताएका छन् ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सिटौलाले संसदमा कुनै पनि दलको बहुमत नभएको र बाध्यात्मक परिस्थितिमा यो सरकार बनेको उल्लेख गरे ।
उनले यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति नदेखिएको भन्दै भने, ‘जे सम्झौता भएको थियाे, त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’
सिटौलाका अनुसार, वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूको अपेक्षाअनुसार काम नभए पनि यो सरकार जारी रहनेछ ।
Facebook Comments