Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड’

User Image मेयरसाप डेस्क | २०८२ साउन १० गते ११:१०
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news872530..jpg

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले घिसिङलाई यो सम्मान प्रदान गरेको हो।

ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तरक्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहनेछन्।

विद्युत् व्यवस्थापनमा परिवर्तन ल्याएर ‘लोडसेडिङ मुक्त नेपाल’ अभियानका अगुवा मानिने घिसिङलाई अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मान प्राप्त हुनु नेपालका लागि गौरवको विषय भएको प्रतिक्रिया आएको छ।


Facebook Comments