नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
मेयरसाप डेस्क
|
२०८२ साउन १० गते ११:३३
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतवार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो।
चाँदीको मूल्य भने आज केही बढेको छ। सोमवार चाँदीको कारोबार मूल्य तोलामा रु २,२९५ रहेको छ, जुन आइतवारको मूल्य रु २,२९० भन्दा ५ रुपैयाँले बढी हो।
त्यस्तै, आजको दिन १० ग्राम सुनको मूल्य रु १,६५,९८० र १० ग्राम चाँदीको मूल्य रु १,९६७.५० रहेको छ।
Facebook Comments