Ad Image

थाइल्याण्डमा गोली चल्दा ५ जनाको मृ*त्यु, आक्रमणकारीले गरे आ*त्मह*त्या !

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/golikanda.jpg

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककस्थित ‘ओर तो कोर’ खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । 

बन्दुक प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार, यो घटना व्यक्तिगत विवादका कारण भएको हो ।

प्रहरीका अनुसार, आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए । यो जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको प्रहरी अधिकारी सायाम बुनसोमले बताएका छन् ।

पर्यटकमाझ लोकप्रिय चाटुचाक बजार नजिकै रहेको ‘ओर तो कोर’ बजारमा भएको यो घटनाले थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुने गरेको पुष्टि गरेको छ ।