Ad Image

मधेश प्रदेशद्वारा सुक्खाग्रस्त क्षेत्रका लागि ८ बुँदे राहत योजना घोषणा

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/khanepani ministry madhesh.jpg

जनकपुरधाम । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिने लगायतका विषयमा आठबुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार, दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्यक्षेत्रको नक्साङ्कन गरी समितिमा पेस गरिनेछ । अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिइनेछ । यसका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरिनेछ ।

बैठकले डिप बोरिङ तथा स्यालो ट्युबवेल जडानमा प्राथमिकता दिने, वैकल्पिक कृषिको प्रवद्र्धनमा निजी क्षेत्र, विकास साझेदार र सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय गरेको छ ।

साथै, चुरे संरक्षण तथा प्रवद्र्धनमा जोड दिँदै, सात दिनभित्र सुख्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेस गर्ने लगायतका निर्णय भएको निमित्त सचिव खंगले जानकारी दिए ।