षडानन्द नगरपालिकामा ८ करोड ३२ लाखमा बन्यो प्रशासन कार्यालय भवन


भोजपुर । षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।