Ad Image

स्वदेशमा मेहनतले पैसाका साथै इज्जत पनि पाइन्छ : परराष्ट्रमन्त्री देउवा

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aarju rana.jpg

गण्डकी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् ।

पोखराको लेकसाइडमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको शुभारम्भ कार्यक्रममा उनले पोखरा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।

मन्त्री देउवाले जलवायु परिवर्तनको असरबारे चिन्ता व्यक्त गर्दै, अनावृष्टि र अतिवृष्टिको त्रास बढिरहेकाले दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले जैविक विविधताको संरक्षणमा नेपालको योगदानको प्रशंसा गर्दै, रिसोर्टले स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिएको र यहाँ गरिने मेहनतले पैसाका साथै इज्जत पनि प्राप्त हुने धारणा राखिन् ।