Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

युवा पुस्तालाई कृषि पेसामा संलग्न गराउनुपर्छ : महासचिव पोखरेल

User Image मेयरसाप डेस्क | २०८२ साउन १३ गते १३:३३
Image of https://mayorsap.com/storage/photos/10/shankar-pokhrel-1731756623.jpg

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको आज यहाँ शुभारम्भ गर्दै खिर खाने कार्यक्रममा समेत सहभागी भइ उनले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने बताए ।

“जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो”, उनले भने । 

पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताए । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उनले जोड दिए । 


Facebook Comments