६ करोड अपचलन गरेको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ


काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका ३४ वर्षीय केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले जानकारी दिए ।
उक्त सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । केसीसहितका व्यक्तिविरुद्ध २०८१ वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो ।