Ad Image

भक्तपुरमा मृ*त भेटिएका दिदी–बहिनीको मृ*त्यु ह्याङ्गिङबाट भएको पुष्टि

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/didi-bahini.jpg

काठमाडौं । भक्तपुरमा मृत भेटिएका सुर्खेतका दुई दिदी–बहिनीको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ देखिएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा उनीहरूको मृत्य ह्याङ्गिङबाट भएको उल्लेख छ ।

१७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेलको शव मध्यपुर थिमि–९, सिन्टीटारस्थित एउटा छाप्रोमा साउन ८ गते भेटिएको थियो । उनीहरू दुई हप्ताअघि मात्र भारतबाट आएर त्यहाँ बस्दै आएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको र मोबाइलको डिजिटल फरेन्सिक रिपोर्टबाट केही नयाँ तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ । उनीहरूको काठमाडौंमै दाहसंस्कार गरेर परिवार सुर्खेत फर्किएको छ ।

उनीहरू सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर-८ का स्थानीय बासिन्दा थिए ।