Ad Image

पाकिस्तानमा इमरान खानका १ सय बढी कार्यकर्तालाई १० वर्ष जेल सजाय

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/imran-khan1683626237.jpg

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले सन् २०२३ मा भएको प्रदर्शनको आरोपमा १०० भन्दा बढी कार्यकर्तालाई दोषी ठहर गरिएको जनाएको छ । दोषी ठहर गरिएकाहरूमा संसद्मा विपक्षी दलका नेता पनि सामेल छन् ।

पार्टीद्वारा जारी विज्ञप्तिअनुसार, ६ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ । दोषी ठहर गरिएकाहरूमध्ये राष्ट्रिय सभामा विपक्षी दलका नेता ओमार अयुब खान पनि छन्, जो प्रदर्शनमा सहभागी नभए पनि हिंसा भड्काउन उक्साएको आरोपमा दोषी ठहर भएका छन् ।

पीटीआईका अध्यक्ष गोहर अली खानले यो फैसलालाई लोकतान्त्रिक र देशका लागि राम्रो नभएको बताउँदै यसको विरुद्धमा माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् । लन्डनमा रहेका पार्टीका प्रवक्ता सैयद जुल्फिकार बुखारीले यसलाई प्रजातन्त्रका लागि कालो दिन भनेका छन् ।

इमरान खानलाई सन् २०२३ को मे ९ मा गिरफ्तार गरिएपछि देशव्यापी प्रदर्शन भएको थियो । खान अहिले पनि जेलमा छन् र उनका समर्थकहरूमाथि कडा दमन भइरहेको छ ।