Ad Image

सभापति देउवाले निर्देशन दिएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bahadur singh.jpg

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि उनले राजीनामा दिने भएका हुन् । 

सभापति देउवाले बिहीवार उनलाई राजीनामा गर्न निर्देशन दिएका थिए । लामाले भोलिसम्म राजीनामा दिने भएका छन् ।

लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।