Ad Image

आफ्नै माछा पोखरीमा डुबेर एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jpg

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ ।

आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।

टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए ।