Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

User Image मेयरसाप डेस्क | २०८२ साउन १४ गते २१:५३
Image of https://mayorsap.com/storage/photos/10/biruwa.PNG

बर्दिया । वातावरण संरक्षण र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले बर्दिया र बाँकेमा घरदैलो कार्यक्रम गरी निःशुल्क बिरुवा वितरण गरिरहेको छ । बर्दिया र बाँकेका आठरआठ पालिकाका समुदायिक वनलाई लक्षित गर्दै डिभिजन वन कार्यालयले दुवै जिल्लाका उपभोक्तालाई निःशुल्क बिरुवा वितरण गरिरहेको हो ।

कार्यालय बर्दियाले बकानो, खयर, शीतलचिनी, निम, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, शिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राजवृक्ष, अम्लबालगायत विभिन्न जातका बिरुवा निःशुल्क रूपमा घरदैलोमार्फत वितरण गरिरहेको जनाएको छ ।

जलवायुमैत्री जिल्ला निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइएको कार्यालयका वरिष्ठ वन अधिकृत गणेश ऐडीले बताए । वन अधिकृत टङ्कबहादुर गुरुङका अनुसार वैकल्पिक कृषिखेतीका रूपमा आम्दानी हुने भएकाले बोटबिरुवा लगाउन किसान आकर्षित भएका छन् । 

वन कार्यालयको यो अभियानले जैविक विविधता संरक्षणसँगै हरित जिल्ला बनाउन पनि सहयोग गरेको छ । यस वर्ष बर्दियाका दुई सय ८२ सामुदायिक वनमा र बाँकेका दुई सय सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । 


Facebook Comments