सरकाले दिएको कार्यादेश अनुसार रेडक्रसको केन्द्रीय समितिले काम गर्ने


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।
समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार विधान संशोधन गर्नका लागि सहयोग गर्न आग्रह गरिएको हो ।
समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान शंसोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरा गर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।