Ad Image

प्यालेस्टाइन स्वतन्त्र नभएसम्म ह*तियार नबिसाउने हमासको अडान

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/835445d0-9960-4a91-83ac-04ee67cef96c16112022201216.jpeg

काठमाडौं । गाजामा इजरायलसँगको युद्ध रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युद्धविराम प्रस्ताव हमासले अस्वीकार गरेको छ ।

प्यालेस्टाइनलाई सम्प्रभु देशको मान्यता नदिएसम्म हतियार नबिसाउने हमासले स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने मुख्य सर्त राखेको थियो । दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि पछिल्लो वार्ता पनि रोकिएको छ ।

यसअघि अरब राष्ट्रहरूले हमासलाई हतियार बिसाउन र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए ।

केही पश्चिमी देशहरू, जसमा बेलायत पनि समावेश छ, ले यदि इजरायलले सेप्टेम्बरसम्म कुनै सर्त नमानेमा प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने योजना बनाएका छन् ।