Ad Image

जनयुद्ध राष्ट्रिय दिवस हो, अदालत प्रवेशको विषय होइन : प्रचण्ड

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Prachanda PM.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकपटक फेरि नयाँ क्रान्ति र विद्रोहको आवश्यकता रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरूले षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

भावुक हुँदै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफू अझै जीवित रहनुको कारण नै नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नु रहेको बताए ।

उनले भने, ‘हामी फेरि एकचोटि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हिँडिराखेका छौं।’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा पनि चलखेल भइरहेको भन्दै उनले सबैलाई सजग रहन आग्रह गरे । उनले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउनु स्वाभाविक भएको र अदालत प्रवेश गर्ने विषय नरहेको पनि स्पष्ट पारे ।