पशुपति क्षेत्रका १५ शिवालयको संरक्षणका लागि कार्यदल गठन


काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन र संरक्षणका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।
बागमती नदी किनारमा रहेका यी शिवालयहरू भासिँदै गएको र सम्पदा क्षेत्र जोखिममा परेको भन्दै अध्ययनका लागि यो निर्णय गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषका निमित्त उपनिर्देशक ईश्वरमान भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुठी संस्थान, संस्कृति मन्त्रालय, काठमाडौं महानगरपालिका र सुरक्षा निकायका प्रतिनिधिहरू रहेका छन् ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जोखिम बढेकाले उक्त क्षेत्रमा हुने आरतीमा सहभागी मानिसको सङ्ख्या घटाउन पत्राचार गरिएको बताएका छन् ।
पुरातत्व विभागले पनि यस्तो संवेदनशील क्षेत्रमा आरती गर्न नहुने भन्दै विकल्प खोज्न सुझाव दिएको छ ।
Facebook Comments