प्रतिनिधिसभा बैठक बस्दै, दुई बिधेयक प्रस्तुत गरिने


काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथि राष्ट्रियसभावाट भएको संसोधन माथी बिचार गरियोस् ’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।