यौ*न दुर्व्य*वहारका दोषी रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न जाँदा पक्राउ


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र–७ का अर्थराज कोइराला रहेका छन् । उनलाई यौन दुर्व्यवहारको मुद्दामा सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको आरोपमा अदालतले उनलाई २ वर्ष कैद र २५ हजार जरिबाना हुने फैसला सुनाएको थियो ।
लामो समयदेखि फरार रहेका कोइराला रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा सहभागी हुन आएको जानकारी पाएपछि प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो ।