सम्झना भट्ट मृ*त्यु प्रकरण: ‘मा*रे पनि ५ वर्ष सजाय हुन्छ, भाइ मा*र्दे’ भनेको अडियो फेला


कञ्चनपुर । बेलडाँडी गाउँपालिका–२ की १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गएको आइतबार झुन्डिएको अवस्थामा सम्झनाको शव घरभित्र फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मृतकका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान् पवन भट्टकी दिदी पूजा भट्टलाई धनगढी विमानस्थलबाट पक्राउ गरिएको हो । यसअघि प्रहरीले सम्झनाका श्रीमान्, सासू र ससुरालाई पक्राउ गरिसकेको थियो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहोराका अनुसार, पीडित पक्षले पूजालाई मुख्य आरोपीका रूपमा किटानी जाहेरी दिएका छन् । प्रहरीले बरामद गरेको एउटा अडियोमा पूजाले भाइ पवनलाई ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भनेको पाइएको छ । यस अडियोको विषयमा पनि छानबिन भइरहेको डीएसपी बोहोराले बताए ।
पूजालाई पक्राउ गरेपछि मात्र मृतकका माइती पक्षले शवको दाहसंस्कार गर्न सहमत भएका थिए । सम्झनाका माइती पक्षले दाइजोको निहुँमा श्रीमान् र परिवारका सदस्यले शारीरिक र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रहरीले अहिले सबैमाथि आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।
Facebook Comments