राज्य आफैँ पनि कहिलेकाहीँ आतङ्क सिर्जना गर्छ : राजेन्द्र महतो

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rajendra-Mahato(1)-1713355228.jpg

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारतको खुला सीमाको दुरुपयोग गरी कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि हुन नहुने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए ।

महतोले कुनै पनि नाममा हुने आतङ्कवादको विरोध गर्दै कहिलेकाहीँ राज्य आफैँले पनि आतङ्क सिर्जना गर्ने गरेको आरोप लगाए । उनले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले गोली चलाएको घटनालाई ’राज्य आतङ्क’को उदाहरणको रूपमा प्रस्तुत गरे ।

उनले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति वा राज्यले नबनाएको भन्दै खुला सीमाको सदुपयोग गर्दै आतङ्कवादलाई बढावा दिनु नहुने बताए । दक्षिण एसियालाई आतङ्कवादी उत्पादन गर्ने क्षेत्रको रूपमा हेरिएको भन्दै उनले नेपालको भूमिमा त्यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।


Facebook Comments