मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raamesh-koirala_mVyljbTObI.jpg

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । हाल विदेशमा रहेका उनले इमेलमार्फत राजीनामा पत्र पठाएका छन् ।

डा. कोइरालाले राजीनामा दिए पनि केन्द्रको प्रगति र स्वास्थ्य सेवाको निरन्तरताको लागि शुभेच्छा व्यक्त गरेका छन् । उनले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका थिए ।

तर, यता अस्पताल प्रशासनले भने राजीनामाको कुरा अस्वीकार गरेको छ । अस्पताल प्रमुख डा. रवि मल्लका अनुसार, डा. कोइरालाले आफ्नी छोरीलाई भेट्न अमेरिका जानका लागि ४१ दिनको घरायसी बिदा मागेर गएका हुन् ।

यसअघि, डा. कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । सरकारले उनलाई सो जिम्मेवारी नदिएपछि उनी असन्तुष्ट बनेको र त्यसै कारण राजीनामा दिएको बुझिएको छ ।


Facebook Comments