अवरुद्ध कालीगण्डकी करिडोर २ दिनपछि सञ्चालन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_2682 (1).jpeg

गुल्मी । गुल्मीमा पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । 

कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, निरन्तर वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गतको रिडी–तम्घास सडक भने अझै अवरुद्ध छ । 

रुरुक्षेत्र गाउँपालिका–३, बाख्रे भीरमा पहिरो खसेकाले सडक खोल्न समस्या भएको प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले बताए । 

सडक अवरुद्ध भएपछि अहिले सवारीसाधन वैकल्पिक बाटो प्रयोग गरेर सञ्चालन भइरहेका छन् ।

गुल्मी र आसपासका क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । जसका कारण बडिगाड खोला र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । 

जिल्ला प्रशासन कार्यालयले बाढी र पहिरोको जोखिम बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।


Facebook Comments