प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र कार्यसम्पादन सम्झौतामा हस्ताक्षर हुनेछ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्नका लागि कामलाई छिटो र प्रभावकारी बनाउन यो सम्झौता महत्त्वपूर्ण मानिएको छ ।
गत वर्ष भदौ २७ गते यस्तो सम्झौता भएकोमा यस वर्ष एक महिनाअघि नै हुन लागेको हो ।
यो सम्झौताले चालु आर्थिक वर्षमा गरिने मुख्य कामहरू र त्यसबाट हासिल हुने उपलब्धिका लक्ष्य निर्धारण गर्नेछ ।
प्रधानमन्त्रीसँग मन्त्रीहरूले सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग पनि यस्तै सम्झौता गर्नुपर्नेछ ।
Facebook Comments