सौर्य एयरलाइन्स दु*र्घटना : प्रतिवेदनमाथि पीडित परिवारले जनाए असन्तुष्टि


काठमाडौं । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका प्रकाश खतिवडाले सरकारले बनाएको जाँचबुझ प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले प्रतिवेदनमा धेरै कमजोरी र नियोजित तथ्यहरू रहेको बताए ।
खतिवडाले प्रतिवेदनमा ‘ह्युमन फ्याक्टर’का कारण दुर्घटना भएको निष्कर्ष निकालिएकोमा सहमति जनाए पनि सेवा प्रदायकको भूमिकामा क्यानलाई उल्लेख नगरिएकोमा आपत्ति जनाए ।
क्यानका पदाधिकारी र जाँचबुझ समितिका संयोजकबीच नाता रहेकाले त्यस्तो गरिएको उनको आरोप छ ।
उनले दुर्घटनामा ज्यान गुमाएका आफ्ना ४ वर्षका नाति र ऊर्जा मन्त्रालयमा कार्यरत छोरीलाई पनि सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको भन्दै प्रश्न उठाए ।
दुर्घटनाको छानबिन गर्न बनेको आयोग नै अवैधानिक भएको र पीडित परिवारसँग कुनै सोधपुछ नगरिएको उनले बताए ।
खतिवडाले दुर्घटनाको गहिराइमा पुग्न न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।
उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो, जसमध्ये खतिवडाका ज्वाइँ, छोरी र नाति थिए ।
Facebook Comments