अभिनेता मोनु शाह अब चलचित्र निर्माता, नयाँ फिल्मको तयारी


काठमाडौं । मोडल, अभिनेता तथा कार्यक्रम आयोजक मोनु शाह अब चलचित्र निर्माणमा प्रवेश गर्ने भएका छन् ।
विगत एक दशकदेखि फेसन शो, सौन्दर्य प्रतियोगिता र ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका शाहले आफ्नो अनुभवलाई चलचित्र निर्माणमा लगाउने घोषणा गरेका हुन् ।
उनको आफ्नै ब्यानर ‘शाह स्टुडियो एण्ड कम्पनी’मार्फत निर्माणाधीन चलचित्रको नाम भने हाललाई गोप्य राखिएको छ । तर, शाहले यसमा आफूले अभिनय गर्ने र केही नयाँ तथा प्रख्यात कलाकारहरू पनि समावेश हुने बताएका छन् । यो प्रवेशले नेपाली फिल्म उद्योगमा नयाँ दृष्टिकोण र मौलिक कथावस्तु ल्याउने उनको विश्वास छ ।
यसअघि, ‘फेस अफ राजधानी’ जस्ता कार्यक्रमको सफल आयोजना र विभिन्न ठूला ब्रान्डसँगको सहकार्यबाट उनले आफ्नो व्यावसायिक क्षमता प्रमाणित गरिसकेका छन् ।
शाहले चलचित्र निर्माणलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलालाई चिनाउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् । यस चलचित्रको थप विवरण चाँडै नै सार्वजनिक गरिनेछ ।
Facebook Comments