महाकाली नदीमा पानीको बहाव बढ्दा बनबासा पुलमा यातायात ठप्प


कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै नेपाल र भारत जोड्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) बाट सवारीसाधन र मानिसको आवतजावत रोकिएको छ ।
आज बिहान ११ बजे नदीमा पानीको बहाव १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएपछि प्रहरीले सुरक्षाका लागि यातायात ठप्प पारेको हो ।
बाढी मापन केन्द्रका अनुसार, महाकालीमा पानीको बहाव १ लाख क्यूसेकभन्दा बढी हुनुलाई खतरा मानिन्छ ।
भारततर्फको शारदा ब्यारेज केन्द्रले पनि आगामी केही घण्टा अझै वर्षा हुने र बहाव बढ्न सक्ने सम्भावना रहेको भन्दै अनावश्यक यात्रा नगर्न सूचना जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षा गराउने प्रणाली पश्चिम नेपालमा केन्द्रित भएकाले वर्षाको सम्भावना अझै रहेको छ ।
Facebook Comments