प्रधानमन्त्री ओली आज मधेश प्रदेश जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशका धनुषा र महोत्तरी जाँदै छन् । आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री ओली धनुषा प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री ओलीले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनामा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।
यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रा।लिले पाएको छ । भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।
धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।
Facebook Comments