Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौं ल्याइँदै

User Image मेयरसाप डेस्क | २०८२ साउन २९ गते १३:३३
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौं ल्याइने भएको छ । आज दिउसो ३ः१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याइने भएको हो ।

लामिछानेले आफूलाई काठमाडौं सार्न अनुरोध गर्दै निवेदन दिएका थिए। सो सम्बन्धमा अदालतबाट अनुमति प्राप्त भए पनि उनलाई सारिएको थिएन। अहिले भने नख्खु कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्माले लामिछानेलाई काठमाडौं उपत्यका सार्ने निर्णय गरेको हो ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा छन् । 

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको  बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको देखिन्छ ।


Facebook Comments