वर्षाका कारण अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/safe martadi sadak.PNG

बाजुरा । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो । 

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।


Facebook Comments