भारतका विदेश सचिव विक्रम मिश्री आइतवार नेपाल आउँदै

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bikram mishri.jpg

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतवार नेपाल आउने भएका छन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्।  उनी सोमवार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।


Facebook Comments