सुक्खा पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/muglin.jpg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ ।  इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

सडकबाट पहिरो पन्छाएसंगै  दुईतर्फि यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए । 


Facebook Comments