रुकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृ*त फेला

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

काठमाडौं । रुकुम पूर्वको कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् ।

सिस्ने गाउँपालिका–५, बाहुनठानामा रहेको कृषि विकास बैंकको आवासमा ५२ वर्षीय गिरीको शव शनिवार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर प्रसाद यादवका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ । गिरी सल्यानको बागचौर–८ कोटमौलाका स्थायी बासिन्दा हुन् ।


Facebook Comments