अंग प्रत्यारोपणसम्बन्धी कानुन खुकुलो बनाउँदा विकृति बढ्न सक्छ: स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानुनलाई खुकुलो बनाउन नसकिने बताएका छन् । उनले आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कानुन खुकुलो बनाउँदा विकृति बढ्न सक्ने चेतावनी दिएका हुन् ।
नेपालमा मिर्गौला र आँखासहित ६ वटा मानव अंगहरू प्रत्यारोपण गर्न सकिने भए पनि सहज रूपमा प्राप्त हुने अवस्था नरहेको मन्त्री पौडेलको भनाइ छ । उनले एउटाले अर्कोलाई सहजै अंग दिन मिल्ने कानुन बनाउँदा यसले विकृति निम्त्याउने बताए ।
उनका अनुसार इरानमा ’ब्रेन डेड’ भएको मानिसको २४ घण्टाभित्र अंग झिकेर प्रत्यारोपण गर्ने अभ्यास भइरहेको छ । उनले एउटाले अर्कोलाई सहयोग गर्नु नै मानव धर्म भएको र यसका लागि संस्कारयुक्त संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
Facebook Comments