बागमती प्रदेशका पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/health_bima.jpeg

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारहरूलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने भएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बिमाको प्रिमियम शुल्क प्रदेश सरकारले नै व्यहोर्ने गरी कार्यक्रम लागू गरिने जानकारी दिएका छन् ।

यस कार्यक्रमका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । मन्त्री थापाका अनुसार, यसका लागि कार्यविधि तयार भइरहेको छ र छिट्टै यसलाई कार्यान्वयनमा ल्याइनेछ ।

उनले पत्रकारको परिवारलाई पाँच जनासम्मको एक समूह मानी बिमाको प्रिमियम सरकारले तिर्ने गरी व्यवस्था गरिने बताए । 

यस बिमा कार्यक्रमले पत्रकारको स्वास्थ्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्दै उनले दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्ययोजना अगाडि बढाइएको पनि बताए ।


Facebook Comments