राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र नागरिकको सुविधालाई ध्यानमा राखेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन सम्झौता गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
लेखकले लागुऔषध, सडक दुर्घटना, साइबर अपराध र आत्महत्याजस्ता नयाँ चुनौती नियन्त्रण गर्न विशेष काम भए पनि परिणाम आउन समय लाग्ने बताए । उनले यस वर्ष परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले गत आर्थिक वर्षमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति हासिल गरेको भन्दै प्रशंसा गरे । उनले सीमित स्रोत र बजेटमै काम गर्नुपर्ने बाध्यता भए पनि नयाँ नीति र योजना बनाएर अघि बढ्न आग्रह गरे ।
साथै, उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरूलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा दर्ता गराउन पनि निर्देशन दिए । उनले मन्त्रालयको नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकता रहेको बताए ।
Facebook Comments