लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउँदैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले संविधान र कानुनको कार्यान्वयनका लागि सबै निकायहरूले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सन्तुलित भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सरकारले अनुभवका आधारमा कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको बताए ।
उनले मुलुकी संहितामा देखिएका कमीकमजोरी सच्याउन आवश्यक भए पनि बहुविवाहलाई मान्यता दिनेजस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे ।
उनले भने, “यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न पनि सकिँदैन। त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन।”
प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मान गर्ने र न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाबीचको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
Facebook Comments