रुपन्देहीको उपचुनावका लागि २६ दल दर्ता, नाउपा अयोग्य


काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको जानकारी गराएको हो ।
दल दर्ताका लागि निवेदन पेश गरेकोमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने उपचुनावको लागि अयोग्य ठहरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दर्ताका लागि पेश गर्नुपर्ने विवरण पेश नगरेकाले अयोग्य ठहरिएको आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो ।
सो ठाउँमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।
Facebook Comments