माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bipakshi1.jpg

काठमाडौं । बैठक माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकमा माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायत पार्टीका नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । त्यस्तै राप्रपाका नेता बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर, नेसपाका महिन्द्र राय यादव तथा आजपाका अध्यक्ष प्रभु साह सहभागी छन् ।


Facebook Comments