उपत्यका बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौं फर्किन एमालेको निर्देशन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahesh-bartaula.jpg

काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई काठमाडौं फर्किन निर्देशन दिएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा उपत्यका बाहिर रहेका सांसदलाई बुधवार साँझसम्म काठमाडौं फर्किन भनिएको हो । 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी अनुसार एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलाएको बुझिएको छ । उपसभामुखलाई हटाउन दुवै दलले मंगलवार सांसदहरुलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर समेत गराएका छन् । 

उपसभामुख रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।


Facebook Comments