एमालेकै कार्यकर्ता भएर निरन्तर काम गरिरहन्छु : विद्या भण्डारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya-bhandari_viHBnY0nT3.jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीले रोक्न खोजे पनि नेकपा एमालेको कार्यकर्ताका रूपमा निरन्तर काम गरिरहने बताएकी छन् ।

बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अडान राखेकी हुन् ।

भण्डारीले नेकपा एमालेले अवलम्बन गरेको ‘जनताको बहुदलीय जनवाद’को मर्म र भावनाअनुसार काम भइरहेको छ कि छैन भनी समीक्षा गर्ने समेत बताएकी छन् ।

यसअघि नेकपा एमालेले भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो ।


Facebook Comments