बेलडाँडीमा अध्यक्ष राना र उपाध्यक्ष नाथबीच गाडी विवाद

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/beldadi gaupalika.jpg

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथबीच गाडीको प्रयोगलाई लिएर विवाद चर्किएको छ । 

उपाध्यक्ष नाथले अध्यक्षले प्रयोग गर्ने गाडीमा चुरोटको बट्टा फेला परेको दाबी गर्दै गाडीको दुरुपयोग भइरहेको आरोप लगाएकी छन् ।

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरी उपाध्यक्ष नाथले गाडीको चाबी नियन्त्रणमा लिँदै गर्दा चुरोटको बट्टा भेटिएको जानकारी गराएकी हुन् । 

अध्यक्ष रानाले बेलौरी नगरपालिका जानका लागि उपाध्यक्ष नाथलाई गाडी उपलब्ध नगराएपछि बेलडाँडीको आन्तरिक विवाद बाहिर आएको हो ।

यसअघि, सामाजिक सञ्जालमा उपाध्यक्ष नाथले गाडीका चालकलाई अध्यक्षको घाँटी च्याप्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

सो अडियोमा उनले अध्यक्षले गाडीलाई ‘कसैको बाउ (बुवा) बोक्ने, कसैकी जोई (श्रीमती) बोक्ने’ जस्ता नचाहिने काममा प्रयोग गरेको आरोप लगाएकी थिइन् ।


Facebook Comments