काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि एकदिने मेगा अभियान सञ्चालन गर्दै

No Author Assigned | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu mahanagar.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि एकदिने मेगा अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट अभियान सुरु गर्ने भएको हो । 

यो अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ । यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ । 

गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ।

यसअघि महानगरपालिकाले यस्तो अभियान हरेक हप्ताको शुक्रवार गर्दै आएको थियो ।


Facebook Comments