दोब्बरले बढ्यो अलैँचीको निर्यात

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/alaichi11_QzsRm9X7hc.jpg

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मेची भन्सार कार्यालयबाट अलैँची निर्यातमा ९९.५० प्रतिशतले वृद्धि भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार, गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको २१६.१५ मेट्रिक टन अलैँची निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो ।

सोही अवधिमा चिया निर्यात २६.८० प्रतिशतले घटेको छ । गत साउनमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जबकि अघिल्लो वर्ष ५१ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, भेनियर सिट, छुर्पी, धातुका अवशेष, काउली, ब्रोकाउली, र बन्दाकोपीको निर्यातमा पनि वृद्धि भएको छ । तर, प्लाइउड, अदुवा र अम्रिसोको निर्यात भने घटेको छ ।

समग्रमा, साउन महिनामा मेची भन्सारबाट कुल ३ अर्ब ६९ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।


Facebook Comments