दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1612747897_sansad_parliyament AB-1200x560.jpg

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रस्ताव प्रस्तुत गरेका थिए । 

त्यसैगरी, ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने जानकारी सभामुख देवराज घिमिरेले गराए ।


Facebook Comments