काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ अवरुद्ध

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro.jpg

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने दुई वटा सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भर्‍याङ डाँडामा पहिरो खस्दा कान्तिलोकपथ र भिमफेदी गाउँपालिका–१ स्थित बागझुरामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा गिटी बालुवासहितको भेलबाढी आउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैगरी वर्षाका कारण सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।पहिरो गएर सडक अवरुद्ध बनेको खबर थाहा पाउने बित्तिकै सडक खुलाउन प्रहरी टोली परिचालन भएको छ । तर पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

 


Facebook Comments