तीन दशकमा माइन तथा विस्फोटनमा परी ५ सय ५१ जनाको मृ*त्य

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बितेका तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । त्यसैगरी दुई हजार ८९९ जना घाइते भएका छन् । 

आज राष्ट्रिय सभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्याङ्क नेपाल प्रहरीलाई उद्धृत गर्दै प्रस्तुत गरेका हुन् ।

“द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ”, गृहमन्त्री लेखकले भने, “घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक रु पाँच हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा  मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ ।”

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको समेत उनले जानकारी दिए।


Facebook Comments