‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ सार्वजनिक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/koshi-pradesh xfd.jpg

मोरङ । कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिकको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई सुनिश्चित गर्ने उद्देश्यले यो नीति ल्याइएको हो ।

प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यो नीतिमा ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीतिहरू समावेश गरिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले जानकारी दिए ।

यस नीतिले प्रदेशमा रहेका स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूलाई पनि औंल्याएको छ । जसमा पर्याप्त र व्यवस्थित पूर्वाधारको अभाव, अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्तिको अभाव, रक्तअल्पता र कुपोषणको समस्या, साथै क्षयरोग, कुष्ठरोग र कीटजन्य रोगहरूको उच्च सङ्क्रमणदर प्रमुख छन् ।

नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार, कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ । 

सर्वेक्षणले यस प्रदेशमा मानसिक रोगको व्यापकता १३.९५%, मद्यपानको लत ६.५५% र आत्महत्याको सोचको व्यापकता १०.६५% रहेको देखाएको छ ।


Facebook Comments